खोलामा डुबेर सुर्खेतमा युवकको मृत्यु – Nepal Press

खोलामा डुबेर सुर्खेतमा युवकको मृत्यु

सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिका-६ मा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । खोलाको बीच भागमा पानीमा डुबेर पहलमान सुनारका २२ वर्षीय छोरा दीपक सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

वुधबार उनको शवलाई मेलकुना अस्पताल शव गृहमा राखिएको छ । मृतक दीपक सुनारको खुट्टा अपाङ्ग र मृगी रोग भएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *