राष्ट्रिय टीममा ‘कमब्याक’ गर्दै सन्दीप, बन्द प्रशिक्षणमा बोलाइयो – Nepal Press

राष्ट्रिय टीममा ‘कमब्याक’ गर्दै सन्दीप, बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

छनोट समिति संयोजक दीपेन्द्र चौधरीले सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको नेपाल प्रेसलाई जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि राष्ट्रिय टोलीमा बोलाइएको हो ।

चौधरीले भने, ‘ मैले निलम्बन फुकुवा भएपछि उनलाई नेपाली टोलीबाट खेल्ने बाटो खुलेको छ । उनी नेपाली क्रिकेटका महत्वपूर्ण खेलाडी हुन् ।’

सन्दीप आज त्रिवि मैदानमा पुगेर प्रशिक्षक देसाईलाई भेटेका थिए । सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् । आज भने बन्द प्रशिक्षण थिएन । सन्दीप केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए ।

सन्दीप टोलीमा फर्किएसँग बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ । नेपालले आगामी महिना आईसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर