रविको अडानमा माओवादीको प्रतिक्रिया- मुद्दाका विषय छन्, धैर्यता राख्नुपर्छ (भिडिओ) – Nepal Press

रविको अडानमा माओवादीको प्रतिक्रिया- मुद्दाका विषय छन्, धैर्यता राख्नुपर्छ (भिडिओ)

गृहमन्त्री रास्वपालाई नै दिनुपर्छ भन्ने ओलीको भनाइले गठबन्धनमा समस्या आउँदैन : प्रवक्ता महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने बताएको छ । स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी गराउँने क्रममा प्रवक्ता कृष्णबहादुर महराले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्नुपर्ने बताए ।

गृहमन्त्रालय नपाए रास्वपाले सरकार छाड्नेसम्मको चर्चा छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हाम्रो धारणा हिजो नै भनिसके रास्वपाले अझै धैर्यता राख्नुपर्छ । उसको मुद्दाकोको पूर्णपाठ आएको छैन । मुद्दा सिद्धिएको पनि छैन । मन्त्रीमण्डलमा के गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ । त्यसकारण त्यो बिषय हाम्रोलाई चर्चाको होइन ।

एमाले अध्यक्ष ओलीले रास्वपाले गृहमन्त्रालय पाउनुपर्छ भन्नुभएका छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो उहाँको भनाइ हो । तर, त्यो भनाइले सत्ता गठबन्धनमा कुनै समस्या पैदा भएको छैन ।’

माओवादीले यसअघि नै रवि लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नभएसम्म गृहमन्त्रालयबारे कुनै निर्णय नगर्ने बताइसकेको छ । तर, गृहमन्त्रालय प्रधानमन्त्रीले आफूहरुलाई नदिने संकेत पाएपछि अहिले रास्वपाको बैठक जारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर