नेकपा एसले कमिटी गठन-पुनर्गठन प्रक्रिया थाल्ने – Nepal Press

नेकपा एसले कमिटी गठन-पुनर्गठन प्रक्रिया थाल्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको तल्लो तहसम्मको कमिटीको अधिवेशन प्रक्रिया थाल्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले जिल्लादेखि तलसम्मको कमिटीको अधिवेशन गर्ने, गठन, पुनर्गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसका लागि अर्को बैठकमा कार्ययोजना बनाइनेछ ।

उनले आसन्न केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका गतिविधि र पार्टीको रणनीति समेटिएको प्रतिवेदन पनि तयारी सुरू भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर