भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानीयद्वारा आगजनी (भिडिओ)

२०७९ माघ १९ गते १६:३७

काठमाडौं । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।
‘स्थानीयले बसमा आगजनी गरेका छन् । अन्य बुझ्ने काम भइरहेको छ’, एसपी जोशीले नेपाल प्रेससँग भने ।
प्रतिक्रिया
सम्बन्धित खवर