अष्ट्रेलियाको नयाँ पाँच डलरमा हट्यो चार्ल्स तृतीयको नाम – Nepal Press

अष्ट्रेलियाको नयाँ पाँच डलरमा हट्यो चार्ल्स तृतीयको नाम

काठमाडौं । अष्ट्रेलियाको नयाँ पाँच डलरको नोटमा राजा चार्ल्स तृतीयको नाम नराखिने देशको केन्द्रीय बैंकले घोषणा गरेको छ । नयाँ डिजाइनले आदिवासी अस्ट्रेलियालीहरूको ‘संस्कृति र इतिहास’ लाई सम्मान दिनेछ, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले भनेको छ ।

पाँच डलरको नोटको हालको डिजाइनमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको तस्बिर देखिन्छ । गत वर्ष रानीको मृत्युले अष्ट्रेलियाको संवैधानिक राजतन्त्रको भविष्यको बारेमा बहस पुनः सुरु गरेको छ ।

‘रिजर्व बैंक बोर्डले यो निर्णय अष्ट्रेलिया सरकारसँग परामर्श पछि गरेको हो, जसले यो परिवर्तनलाई समर्थन गर्दछ’, बैंकले एक विज्ञप्तिमा भनेको छ ।

‘बैंकले ५ डलरको नोट डिजाइन गर्न पहिलो अष्ट्रेलियालीहरूसँग परामर्श गर्नेछ । नयाँ नोट डिजाइन गर्न र छाप्न धेरै वर्ष लाग्नेछ । यस बीचमा, हालको ५ डलरको नोट जारी रहनेछ’, बैंकले भनेको छ । बैंकले नयाँ पाँच डलरको नोटको डिजाइन कहिले सार्वजनिक गर्ने भनेर मिति भने तय गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर