रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक – Nepal Press

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । अपरान्ह साढे ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको हो ।

आजै पार्टी सभापति रवि लामिछानेले फेसबुकमा स्टाटस लेख्दै आज आफ्नो मौनताको अन्तिम दिन भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर