ओलीले भने- रविलाई गृहमन्त्री बनाउन किन चाहियो पूर्णपाठ ? कण्ठ पार्ने हाे र ? (भिडिओ)


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने बताएका छन्।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने उनले यस्तो दाबी गरेका हुन्।
उनले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’
ओलीले उनले यही विषयले गठबन्धनमा संकट आउला जस्तो नलागेको बताए।
उनले भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो। त्यही अनुसार जानुपर्छ। रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल भइरहेको छ। खटपट भएको छैन। हामीले गृह मन्त्रालय उहाँहरूलाई दिएका हौँ। रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो। उनीहरूलाई गृह मन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन।’