प्रधानमन्त्रीसँग आज पनि रविको भेट

२०७९ माघ १९ गते १२:२७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज पनि भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बिहान प्रचण्ड र लामिछानेबीच भेट भएको हो ।
नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद र मन्त्री गुमाएका रवि फेरि गृहमै फर्किन खोजिरहेका छन् । गठबन्धन घटक दलमा एमाले अध्यक्ष ओली रविलाई गृहमा ल्याउन सकारात्मक छन् । प्रचण्डले भने रुचि देखाइरहेका छैनन् ।
प्रतिक्रिया
रविलाई हुत्याउने रणनीति मात्र हाे , नेपालमा रवि जस्ता युवाकाे आवश्यकताछ । नत्र देश खतरामा जाने छ ।