फेरि सर्यो माओवादी बैठक


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेको लागि सारिएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताको कारण बैठक सारिएको सचिव लीलामणि पोखरेलले बताए ।
यसअघि बुधबारका लागि बोलाइएको बैठक पनि प्रचण्डको कार्यव्यस्तता देखाउँदै स्थगित गरिएको थियो ।
राष्ट्रपतिको निर्वाचन, रिक्त गृहमन्त्रालयको पूर्ति, स्थायी कमिटीका सदस्यहरूको कार्यविभाजनलगायको विषयमा छलफल गर्ने बैठकको एजेण्डा छ । विभिन्न विभागहरूलाई पूर्णता दिने पनि माओवादी तयारी छ
प्रचण्डले हिजो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग पनि छलफल गरेका थिए ।