अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलरको मूल्य स्थिर छ ।
आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो।
युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८ पैसा कायम गरिएको छ। यसअघि बुधवार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद मूल्य ९२ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९३ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यसको खरिद मूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ २३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६९ पैसा तोकिएको छ।
बिहीबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ एक पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ५१ पैसा तोकिएको छ