रास्वपाका चितवन जिल्ला सभापतिद्वारा पार्टी परित्याग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । उनले पार्टी सभापतिबाट राजीनामा दिएकाे नेपाल प्रेससँग पुष्टि गरे । पार्टीभित्र सिमित व्यक्तिको मनोमानी चलेको आरोप लगाउँदै सापकोटाले पार्टी छोडेको घोषणा गरेका हुन् ।
राणा शासन जस्तो गरी पार्टीलाई अगाडि बढाउन खोजिएको उनको गुनासो छ । पार्टीमा बोल्ने अधिकारसमेत नदिइएको सापकोटाको भनाइ छ ।
जनताको अभिमतलाई बेवास्ता गरिएकोसमेत बताउँदै आफूले राजीनामा दिएको सापकोटाले बताए । आफू अब स्वतन्त्र रहेको पनि उनले जनाए ।
सापकोटाले चितवन २ बाट केन्द्रीय अध्यक्ष रवि लामिछानेलाई जिताउन भूमिका खेलेका थए ।