पशुपतिप्रसादकी मौन वर्षा सिक्वेलमा गयल ? – Nepal Press

पशुपतिप्रसादकी मौन वर्षा सिक्वेलमा गयल ?

काठमाडौं । केही दिन अघिमात्र राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र ‘पशुपति प्रसाद’को सात वर्ष समापन भएको खुशीयाली मनाइयो ।

आधिकारिक समयभन्दा केही समय ढिला सुरु गरिएको कार्यक्रममा ‘पशुपति प्रसाद’मा अभिनित नायिका वर्षा सिवाकोटीसँगै अर्की नायिका स्वस्तिमा खड्का पनि आईपुगिन् । चलचित्रमै नभएकी नायिका एक्कासी उत्सव समारोहमा सहभागी देख्दा उपस्थित सबैले उनी अतिथि भएको अनुमान गरे ।

कार्यक्रम सुरु भएपछि उत्सव समारोह अगावै चलचित्र ‘पशुपति प्रसाद २’ मा ‘भष्मे डन’ को घोषणा गरियो । जसमा मुख्य भूमिकामा अनुबन्धित थिइन् नायिका स्वस्तिमा खड्का । स्वस्तिमा पशुपति प्रसादको दोस्रो भागमा जोडिएको खबर आएसँगै सबजना उनको उपस्थितिकोबारे छर्लङ्ग्ग भए । स्वस्तिमा उपस्थित हुनुको कारण खुलेपनि वर्षाबारे भने सबै अन्यौलमा परे ।

पशुपति प्रसादको दोस्रो संस्करणमा नायिका स्वस्तिमा खड्का, नायकहरु विपिन कार्की, सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बाँनियाको नाम फाइनल गरियो । तर पहिलो संस्करणमा रहेकी वर्षा सिवाकोटीको नाम भने कतै आएन । उनी चलचित्रमा हुने नहुनेबारे पनि हालसम्म फैसला नभइसकेको निर्माण टीमले बतायो ।

पाँच मिनेटकै रोलमा भएपनि चलचित्रको पहिलो भागमा आफ्नो अभिनयले दर्शकमाँझ राम्रो छाप छाडेकी वर्षा दोस्रो भागमा हुने नहुनेबारे केही प्रष्ट कुरा नआएपनि उनले आफूलाई यो खबर सुन्दा खल्लो लागेको बताइन् । ‘सुरुमा सुन्दा नमज्जा लागेको थियो । आफूले गरेको प्रोजेक्टको सिक्वेल बन्दा, आफू रहे नरहेको पत्तो नहुँदा, कतै न कतै चित्त त अवश्य नै दुख्छ । तर भष्मे डन आएकाले गर्दा मैले चित्त बुझाएँ । किनकी पशुपति प्रसादमा मेरो जोडी पशुपतिप्रसाद हुनुहुन्थ्यो, भष्मे डन होइन । यही सोचेर पछि फेरि मनलाई शान्त पारेँ’, उनले भनिन् ।

दीपेन्द्र के खनालद्वारा निर्देशित र खगेन्द्र लामिछानेद्वारा लिखित नेपाली सामाजिक तथा व्यंग्यात्मक चलचित्र ‘पशुपति प्रसाद’ सन् २०१६ मा रिलिज भएको थियो । नायकहरु विपिन कार्की, खगेन्द्र लामिछाने र नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्रले नेपाली बक्स अफिसमा तहल्कै मच्चायो । सो भागमा वर्षा पाँच मिनेटका लागि देखिएकी थिइन् ।

सानो रोलमा भएपनि उनको अभिनयलाई दर्शकले औधी रुचाएका थिए । आफूले गरेको चलचित्रबाट राम्रो तारिफ बटुलेकी वर्षा दोस्रो भागमा पनि आफू दोहोरिनेमा विश्वस्त थिइन् होला । तर स्वस्तिमाको ईन्ट्रीसँगै उनी चलचित्रमा हुने सम्भावना न्यून देखएिको छ । आफू भए नभएबारे अनविज्ञ रहेपनि उनले टीमसँगै बसेर सात वर्ष पुगेको उत्सव भने मनाइन् ।

विपिन कार्की शीर्ष भूमिकामा रहेको ‘पशुपति प्रसाद २, भष्मे डन’ मा यो पटक नायक सौगात मल्ल पनि भिन्न चरित्रमा देखिने भएका छत। चलचित्र आउँदो वर्षको दशैँमा रिलिज हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *