दुई पांग्रे सवारीमा पछाडि बस्नेलाई पनि हेल्मेट प्रयोग गराउनु सुरक्षा दृष्टिकोणले प्रभावकारी हुने सुझाव – Nepal Press

दुई पांग्रे सवारीमा पछाडि बस्नेलाई पनि हेल्मेट प्रयोग गराउनु सुरक्षा दृष्टिकोणले प्रभावकारी हुने सुझाव

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र विभिन्न सरोकार निकायका प्रतिनिधिबीच सार्वजनिक यातायात, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका बिषयमा छलफल भएको छ । छलफलमा दुई पांग्रे सवारीमा दोहोरो हेल्मेट पनि सुरक्षाको प्रभावकारी उपाय हुनसक्ने सरोकारवालाले सुझाव दिएका छन् ।

त्यसैक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका विविध तरिकामध्ये दोहोरो हेल्मेट पनि पर्ने तर, त्यसका लागि व्यापक जनसचेतना हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘यातायात सेवाको गुणात्मक सुधार, सडक सुरक्षा र दुर्घटना न्यूनीकरण नै मन्त्रालयको प्राथमिकता हो । तर दोहोरो हेल्मेट अनिवार्यताको निष्कर्षमा पुगेको भने होइन । आम सार्वजनिक यातायात र खासगरी दुई पांग्रे सवारीको सुरक्षाको वैज्ञानिकता के हुनसक्छ ? सबैबाट रचनात्मक सुझावको अपेक्षा छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर