क्यानका अध्यक्ष चन्द भन्छन्- स्पट फिक्सिङमा संलग्न सबैलाई कडा कारबाही हुन्छ (भिडिओ) – Nepal Press

क्यानका अध्यक्ष चन्द भन्छन्- स्पट फिक्सिङमा संलग्न सबैलाई कडा कारबाही हुन्छ (भिडिओ)

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङमा संलग्न सबैलाई कडा कारबाही गर्ने बताएका छन् ।

वुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले क्यानका पदाधिकारी, खेलाडी, पूर्व खेलाडी जस्को पनि संलग्नता रहेको र दोसी ठहरिए कडा भन्दा कडा कारबाही गर्ने बताए ।

‘स्पट फिक्सिङमा संलग्न क्यानका पदाधिकारी, खेलाडी, पूर्व खेलाडी अथवा जो भएपनि कडा भन्दा कडा करबाही गर्नेछौं,’ उनले भने ।

यस्तै, उनले आफू फिक्सिङ हुन नदिनलाई सक्रिय भएर लाग्दा पनि त्यसलाई रोक्न नसकेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *