इपीएलका सञ्चालक अमिर अख्तरलाई क्यानमाथि हालेको मुद्दा फिर्ता लिन आग्रह – Nepal Press

इपीएलका सञ्चालक अमिर अख्तरलाई क्यानमाथि हालेको मुद्दा फिर्ता लिन आग्रह

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) का सञ्चालक अमिर अख्तरलाई नेपाल टी–२० लिगका विषयमा सर्वोच्च अदालतमा नेपाल क्रिकेट संघ (क्यान) र अध्यक्ष चतुर बहादुर चन्द माथि हालेको मुद्दा फिर्ता लिन क्यानले आग्रह गरेको छ ।

मङ्गलवार बसेको क्यान बोर्ड बैठकले अख्तरलाई उक्त मुद्दा फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो ।

क्यान निलम्बनमा रहेका बेला अख्तरले विश्वभरिका चर्चित खेलाडी र ५ फ्रेन्चाइज टीम संलग्न गरी एभरेष्ट प्रिमियर लिग सञ्चालन गर्ने गरेका थिए ।

क्यानले नेपाल टी–२० लिगको घोषणा गरेसँगै नेपालमा हुने कुनै पनि फ्रेन्चाइज लिगले मान्यता नपाउने बताएको थियो । क्यानले उक्त निर्णय गरेसँगै अख्तरले विभिन्न निकायमा मुद्दा हालेका थिए ।

यसअघि, अरू फ्रेन्चाइज लिग हुन नदिने बताए पनि केहि दिन अघि काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चन्दले घरेलु लिगहरूका बारेमा पुनर्विचार गर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर