गुल्सन झा यू-१९ क्रिकेट टिमको कप्तान नियुक्त – Nepal Press

गुल्सन झा यू-१९ क्रिकेट टिमको कप्तान नियुक्त

काठमाडौं । गुल्सन झा यू–१९ क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् ।

मङ्गलवार पोखरामा बसेको क्यान बोर्ड बैठकले उनलाई आगामी महिना यूएईमा आयोजना हुने यू–१९ विश्वकप छनोटका लागि कप्तान नियुक्त गरेको हो ।

गुल्सनले कप्तानको जिम्मेवारी पाएसँगै दिपेश कँडेलले उपकप्तानको भूमिका निभाउनेछन् ।

गुल्सनले सन् २०२१ सेप्टेम्बरमा यूएईविरुद्धको खेलमा राष्ट्रिय टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए ।

नेपाली टीमः

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा

वैकल्पिक खेलाडीहरुः

प्रज्वल थापा, तुल बहादुर थापा,निर्मल थापा, राजेश यादव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *