क्यानद्वारा नेपाल टी-२० गभर्निङ काउन्सिल विघटन – Nepal Press

क्यानद्वारा नेपाल टी-२० गभर्निङ काउन्सिल विघटन

काठमाडौं। नेपाल क्रिकेट संघले नेपाल टी-२० लिगका लागि बनाइएको गभर्निङ काउन्सिल विघटन गर्ने निर्णय भएको छ।

प्रतियोगिता सकिएसँगै काउन्सिल विघटन गर्ने निर्णय भएको क्यानले जनाएको छ।

पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले नेपाल टी-२० लिगको साझेदारी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्न वार्षिक साधारण सभामा पेश गर्ने निर्णय पनि गरेको छ।

यस्तै म्यान फिक्सिङ, स्पट फिक्सिङलगायत हेर्ने क्यानले पूर्व डीआईजी ईश्वरबाबु कार्कीको संयोजकत्वमा क्यान इन्टिग्रिटी कमिटी पनि बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर