जनक शिक्षामा आन्दोलन गर्न पुगेका अनेरास्ववियूका कार्यकर्तासँग प्रहरीको ठेलमठेल (भिडिओ) – Nepal Press

जनक शिक्षामा आन्दोलन गर्न पुगेका अनेरास्ववियूका कार्यकर्तासँग प्रहरीको ठेलमठेल (भिडिओ)

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियूले प्रदर्शन गरेको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण संस्थान धराशायी भएको भन्दै नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले भक्तपुरस्थित केन्द्रमा पुगेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले केन्द्रमा भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरेका छन् । त्यस्तै विद्यार्थीहरूलाई पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउनुपर्ने भन्दै नाराबाजी पनि गरेका थिए । प्रदर्शनकारीले केन्द्रको गेटको ताला फोडेर भित्र प्रवेश गरेपछि प्रहरीले बलपूर्वक बाहिर निकालेको थियो ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केन्द्रको प्रबन्ध निर्देशकले कमिसनको लोभमा पाठ्यपुस्तक छपाउने जिम्मा निजी क्षेत्रलाई दिएको आरोप लगाए ।

‘भ्रष्टाचारमा मुछिएकाहरूलाई सरकारले कारबाही गर्नुपर्छ । नत्र हामी आन्दोलन सशक्त पार्छौं’, पराजुलीले चेतावनी दिए ।

अनेरास्ववियूले केन्द्रको व्यवस्थापनले नै समयमा पाठ्यपुस्तक नपठाएको आरोप लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर