सुनकोशी गाउँपालिकाका सबै कच्ची सडक ६ मिटर चौडा बनाइने – Nepal Press

सुनकोशी गाउँपालिकाका सबै कच्ची सडक ६ मिटर चौडा बनाइने

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाभित्रका सबै कच्ची सडक सडक मापदण्डअनुसार ६ मिटर चौडाइ बनाउने गरी काम थालिएको छ ।

१२ महिना नै यातयातका साधान सञ्चालन हुने बनाउन सडक स्तरोन्नति गरिएको हो ।

गाउँपालिका र अन्य स्रोतबाट स्थानीयले यसअघि निर्माण गरेका सडकहरुको चौडाइ कम हुदा यातयातका साधान सञ्चालनमा समस्या भइरहेको थियो । गाउँपालिकाले अब भने पालिकाभित्रका सबै वडामा रहेका सडक ६ मिटर चौडाइ हुने गरी निर्माण सुरू गरिएको अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिकाकै स्काभेटर प्रयोग गरेर सडक फराकिलो बनाउन सुरू गरिएको हो । स्काभेटरको अपरेटर गाउँपालिकाले नै नियुक्त गरेको र इन्धन खर्च पनि पालिकाकै भएकाले धेरै रकम पनि नलाग्ने उपाध्यक्ष कान्छी लामाले बताइन् ।

सुनकोशी गाउँपालिकाले ७ नम्बर वडाबाट सडक चौडाको काम सुरू गरेको छ । त्यसपछि ६ हुँदै क्रमश: १ नम्बर वडासम्मको सडक चौडा बनाइने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । यो आर्थिक वर्षमा नसकिए अर्को पटक पनि निरन्तरता दिइने उनले बताए ।

सडक ६ मिटर चौडाइ नालीलगायतका संरचना पनि थालिनेछ । गाउँपालिकाभित्रका सबै सडक वर्गीकरण गरेर संघ, प्रदेश र गाउँपालिकाले निर्माण गर्ने सडकहरूको पहिचान गरी आगामी ५ वर्षभित्र स्तोरन्नती सक्ने योजना रहेको अध्यक्ष तिमिल्सिनाले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर