बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता – Nepal Press

बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा ओली र लिङ्देनलाई प्रचण्डले पालैपालो भेटेका हुन् ।

स्रोतका अनुसार लिङ्देनले भेटेर निस्केपछि ओली बालुवाटार पुगेका थिए ।

गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठवन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो ओलीलाई भेटेर आफूलाई गृहमा फर्काउन सहयोग मागेका थिए भने ओलीले पनि सकारात्मक जवाफ दिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड भने गृह आफ्नै पार्टीसँग राख्न चाहिरहेका छन् ।


प्रतिक्रिया

One thought on “बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

  1. टेलिभिजनमा घोक्रो फुट्ने गरी नैतिकताको पाठ सिकाउनेले आफु नैतिकतामा बस्नुपर्दैन ? बहु पासपोर्ट, बहु नागरिक, बहुबिबाह, बहु बालबालिका, नक्कली पीडित खडा गरेर आसुको ब्यापार गर्ने आफै न्याधिस, वकिल र पुलिस भएर अरुलाई बेकुफ वनाउने भि.आई.पी ठग रबि लाम्छानेलाई कडा कार्बाही होस ।
    नागरिकता मुद्धा पश्चात रबि र रा.स्वा.पा. गृहमा आँखा लगाउनु सत्तालिप्सा Conflict of interest हो भने अझै पासपोर्ट, अध्यागमन,स्ट्रिङ्ग अपरेशन ठगी, बहु विवाह जस्ता मुद्धा अदालतमा बिचराधिन छ

Leave a Reply to Binod dai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर