क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा – Nepal Press

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

मल्लले पोखरामा मङ्गलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।

२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाएका थिए ।

मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।

पोखरा बोर्ड बैठकका निर्णय र पछिल्लो समय क्यानमा देखिएको विवाद सन्दर्भमा जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर