क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा – Nepal Press

क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिनअघिमात्र धरौटीमा रिहा भएका थिए ।

क्यानले सन्दीपलाई गत भदौ २३ मा निलम्बन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *