सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन्।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालयमातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोका रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर र निवासबाट शासन चलाएको तीतो अनुभूति तपाईं हामी सबैसँग छु, उनले भने, ‘यसपटक त्यो गल्ती दोहोर्याउनु हुँदैन। विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’
उनले यस पटक आफूले सिंहदरबारबाटै शासन गर्न चाहेको बताएका छन्।
‘यसपटक सिंहदरबारबाटै शासन गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’, प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो। राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो।’
उनले आफू नयाँ अठोटका साथ काम गर्न आएको पनि बताएका छन्। ‘तपाईंहरूले आफ्नो कुरा निर्धक्कसाथ राख्न सक्नुहुन्छ। म नयाँ अठोटका साथ काम गर्न आएको छुु, उनले भने, ुसुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु। सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीसाथ आएको छ। त्यसलाई मैले गम्भीर रूपमा लिएको छु।’
राम्रो काम गर्नेलाई पुरस्कार
प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने बताए।
‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीहरूको उर्जा र सम्मानलाई जोड दिनेछुु, उनले भने, ुतपाईंहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस्। मैले पनि अभिभावकीय भूमिका खेल्छु। तपाईंहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ। राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ। तपाईंहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस्।’
उनले निर्णय प्रक्रियामा सरलीकण गर्ने पनि बताए।