प्रचण्डले गृह मन्त्रालय नदिने बताएपछि ओलीसँग रवि लामिछानेको संवाद – Nepal Press

प्रचण्डले गृह मन्त्रालय नदिने बताएपछि ओलीसँग रवि लामिछानेको संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नदिने संकेत पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भेटेलगत्तै दिउँसो लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।

लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैं राख्ने तयारी गरेका छन् । उनलाई पार्टीभित्र पनि अब गृह नछाड्न दबाब छ ।

माओवादीको आजको बैठकले लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट पूर्ण फैसला नआएसम्म गृहमन्त्री कसैलाई नदिन प्रधानमन्त्री प्रचण्डलाई बताइसकेको छ ।

तर, रविलाई नै गृहमा फर्काउन एमाले सकारात्मक देखिएको छ । रविको ओलीसँग गृहको विषयमा छलफल भएको बुझिएको छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डले गृह मन्त्रालय नदिने बताएपछि ओलीसँग रवि लामिछानेको संवाद

  1. अदालतमा बिचराधिन पासपोर्टको मुद्धा हुदाहुदै गृहमन्त्री पद बिना बस्नै नसक्ने नयां जोगीहरु बरु घण्टी 🔔बजाएर खरानी घसेर बस
    नागरिकता मुद्धा पश्चात रबि र रास्वापा गृहमा आँखा लागाउनु सत्तालिप्सा हो भने अझै पासपोर्ट, अध्यागमन,स्ट्रिङ्ग अपरेशन ठगी, बहु विवाह जस्ता मुद्धा त छदैछ ।

Leave a Reply to Binod dai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर