‘एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु सामान्य होइन, राष्ट्रपतिमा हाम्रो उम्मेदवार सबैले स्वीकार्नुपर्छ’ – Nepal Press
नेपाल टक

‘एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु सामान्य होइन, राष्ट्रपतिमा हाम्रो उम्मेदवार सबैले स्वीकार्नुपर्छ’

अष्टलक्ष्मी शाक्य भन्छिन्- राष्ट्रपतिमा मेरो चर्चा स्वाभाविक, पार्टीभित्र छलफल गरेर संस्थागत निर्णय हुनुपर्छ

सत्ता सहकार्य थालेको एक महिनामै गठबन्धनमा खटपट देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० को सहमतिअनुसार नेकपा एमालेलाई राष्ट्रपति दिन आनाकानीसँगै गठबन्धनमा समेत दरार आउनसक्ने संकेत देखिएको हो । माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसबाट एमाले कित्तामा पुगेपछि प्रधानमन्त्री र सभामुखमा आलोपालो नेतृत्व गर्ने तथा राष्ट्रपति एमालेले लिने सहमति भएको दुई दलबीच भएको थियो । त्यसबमोजिम माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेका छन् ।

तर, राष्ट्रपतिको विषयमा भने प्रचण्डको भाका फेरिन थालेपछि एमाले झस्किएको छ । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय माओवादीले लिएको छ, जुन एमालेलाई स्वीकार्य छैन । राष्ट्रपतिको विषयमा मात्रै नभएर अहिले गृहमन्त्रालको विषयमा पनि विवाद गठबन्धनभित्र उत्कर्षमा पुगेको छ ।

नागरिकतासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि गृहमन्त्री अब कसलाई बनाउने भन्ने विषयमा राजनीतिक हलो अड्किरहेको छ । रविलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पुरानै जिम्मेवारीमा फर्काउन दबाब दिइरहेका छन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी गरेको निर्णय र राष्ट्रिय सहमति, गठबन्धनको अबको भविष्य, गृहमन्त्रीलगायतको विषयमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँगको कुराकानी नेपाल प्रेसको नेपाल टकमा:

– राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्न माओवादीले औपचारिक निर्णय गरेको छ। को निर्णय गर्‍यो । यसलाई एमालेले कसरी हेरेको छ ?

राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेको विषयमा कसैले पनि विवाद निकाल्नु हुँदैन । यो सबैले मान्नुपर्ने पद भएकाले त्यसमा कुनै दलविशेष भन्ने हुँदैन । भागबन्डाकै समयमा प्रचण्डजीले प्रधानमन्त्री लिएपछि एमालेलाई राष्ट्रपति भन्ने सहमति भएको थियो । त्यसो भएकाले एमालेले संस्थागत निर्णय गरेर जोसुकै व्यक्तिलाई अघि सारेपनि सबै राजनीतिक दलहरूले स्वीकार्नुपर्छ ।

र, सबैले सहमतिका साथ राष्ट्रपति पदको सम्मान गर्नुपर्छ । व्यक्तिको कुरा होइन । यतिबेला प्रधानमन्त्री र सभामुखमा सहमतिअनुसार भइसक्यो । तर, राष्ट्रपतिमा आएर राष्ट्रिय सहमति गर्नुपर्छ भनेर अनेकौँ कुरा आउनु ठीक हुँदैन ।

– माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेपछि सत्ता समीकरणमा आशंका पैदा भएको हो ?

सहमतिविपरीतका तर्कहरू बाहिर आएपछि आशंका पैदा हुनु स्वाभाविक हो । तर, अहिले हामी त्यसमा अल्झिनु हुँदैन । सानासाना कुरामा पनि सत्ता समीकरणमा लाग्नाले अहिलेसम्मको परिस्थिती बिग्रिएको हो ।

अहिले त प्रतिनिधिसभाको तेस्रो दलको अध्यक्ष प्रचण्डलाई विश्वास गरेर नै प्रधानमन्त्री बनाउनु धेरै ठूलो कुरा हो । त्यसैले प्रचण्डजीले पनि अत्यन्तै सहजताको साथ लिनुपर्छ । पहिलाकै सहमतिअनुसार चल्नुपर्छ । एमालेले यतिसम्म स्वीकारेर अघि बढेपछि मिलेर जाऔं भन्नेमा प्रचण्डजी लाग्नुपर्छ । अझै पनि सत्ता खेलमा एमालेलाई विस्थापित गरेर जान्छु भनी प्रधानमन्त्रीको कुर्सीमा बसेर उहाँले सोच्नु हुँदैन ।

यतिबेला हामी राष्ट्र निर्माणको क्रममा छौं । सुशासन र राजनीतिक स्थिरता कायम गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा हामी सबै लागेका छौं । अहिले निर्वाचनपछि बनेको नयाँ सरकारमा अब कम्युनिष्टहरु त एकैठाउँमा आउनैपर्छ ।

– भनेपछि प्रधानमन्त्रीको राष्ट्रिय सहमतिको अडानले गठबन्धन भत्किनेतर्फ गएको हो ?

यो गठबन्धन भत्किँदैन । अहिले पनि हामी एकअर्काविरुद्ध लागेर सत्ताको खेलामा लागे देशका लागि कहिले गर्ने ? राष्ट्रपतिको विषयमा पनि राष्ट्रिय सहमति बन्नसक्छ भन्छु म पनि । त्यसका लागि एमाले र माओवादीले मात्रै नभएर कांग्रेसले पनि सोच्नुपर्छ । अझै पनि सत्ताको खेलमा कति लाग्ने ? देश निर्माणको विषयमा पनि सबैले एकपटक सोचेर लागौं न ।

– यहीबीचमा एमालेबाट राष्ट्रपतिमा कसलाई पठाउने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छ कि छैन ?

पार्टीमा अनौपचारिकरूपमा छलफल हुनु त स्वाभाविक हो । तर, राष्ट्रपतिको निर्वाचनलाई केन्द्रित गरेर औपचारिक बैठक बसेको छैन । राष्ट्रपतिका लागि सत्तागठबन्धन र पार्टीभित्र कसैले पनि बार्गेनिङ गर्न मिल्दैन ।

यो हामीले अहिलेसम्म मेहनत गरेर ल्याएको व्यवस्थाको अभिभावक नै राष्ट्रपति हुने भएकाले सबै गम्भीर भएर सोच्नुपर्छ । त्यसैले जोसुकै भएपनि राष्ट्रिय सहमतिको आधार पनि खोजेर जान सकिन्छ ।

– राष्ट्रपतिमा तपाईंको पनि चर्चा छ । तपाईंले पनि लबिङ थाल्नुभएको हो ?

चर्चा मेरो मात्रै होइन अरुहरूको पनि भइरहेको छ । मेरो नामको चर्चालाई पनि स्वाभाविकरूपमा लिनुपर्छ । तर, व्यक्तिको चाहनाले हुँदैन । पार्टीभित्र छलफल गरेर संस्थागत निर्णय गर्नुपर्छ । पार्टीबाट जोसुकै होस् निर्णय गरेपछि सबै दलको साझा बनाउने गरी राष्ट्रिय सहमतिको रूपमा पनि बनाउन पहल गर्नुपर्छ ।

राष्ट्रपति पद सबैको साझा हो । कुनै पार्टीविशेष हुँदैन । त्यसैले बाहिर चर्चा भइरहेका नामलाई स्वाभाविक मान्नुपर्छ । तर, मैले मलाई राष्ट्रपति बनाउनुपर्छ भनेर कतै भनेको छैन । पार्टीको निर्णयअनुसार जसको नाममा सहमति हुन्छ त्यही बन्ने हो ।

– सभामुखमा जस्तै अध्यक्षले राष्ट्रपतिमा पनि पार्टीभित्र छलफल नगरी ल्याउनसक्ने आँकलन हुन पनि थालेको छ नि ?

सभामुख ल्याउने विषयमा ओलीजीले किन पार्टीमा छलफल गर्नुभएन त्यो बेग्लै कुरा हो । तर, अब राष्ट्रपतिको विषयमा पनि त्यस्तै गर्नुपर्न हुँदैन र गर्न पनि दिँदैनौं । यो पार्टीभित्रको कुरा होइन सबै राजनीतिक दलहरूमा सहमति गर्नुपर्ने पद हो । पार्टीभित्र विवाद झिकेर हुँदैन त्यहाँ अरु दलहरूको पनि सहमति हुनेगरी जानुपर्छ ।

यो गठबन्धन भत्किँदैन । अहिले पनि हामी एकअर्काविरुद्ध लागेर सत्ताको खेलामा लागे देशका लागि कहिले गर्ने ? राष्ट्रपतिको विषयमा पनि राष्ट्रिय सहमति बन्नसक्छ भन्छु म पनि । त्यसका लागि एमाले र माओवादीले मात्रै नभएर कांग्रेसले पनि सोच्नुपर्छ । अझै पनि सत्ताको खेलमा कति लाग्ने ? देश निर्माणको विषयमा पनि सबैले एकपटक सोचेर लागौं न ।

– अहिले कम्युनिष्ट सरकार बनाउँदा ओली र प्रचण्ड एकैठाउँमा उभिनुभयो । तर, माधव नेपाललाई समावेश गर्न एमाले नेतृत्व तयार नभएको हो ?

प्रधानमन्त्रीले माधवजीसँग केके कुरा गर्नुभयो त्यो उहाँहरू नै जान्नुहोला । तर, फाटेको मन भनिन्छ नि । उहाँहरुको (ओली र माधव) फाटेको मन मिलाउन अलिक समय लाग्छ । मन फाटेपछि चित्त दुख्छ । अब उहाँहरू चित्त दुखाएर धेरै सयम बस्न हुँदैन । राष्ट्र र जनताको हितलाई हेरेर फाटेको चित्त छिटो मिलाउनुपर्छ ।

– तर, माधव नेपालले त एमालेबाहेकको कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने कार्यदल बनाएर अभियान थालिराख्नुभएको छ ?

यतिबेला हामी राष्ट्र निर्माणको क्रममा छौं । सुशासन र राजनीतिक स्थिरता कायम गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा हामी सबै लागेका छौं । अहिले निर्वाचनपछि बनेको नयाँ सरकारमा अब कम्युनिष्टहरु त एकैठाउँमा आउनैपर्छ ।

छिन्नभिन्न र टुक्राटाक्री भएर हामीले लक्ष्य प्राप्त गर्न सक्दैनौं । र, देश बनाउन सक्दैनौं । अब मन फराकिलो बनाउँदै कम्युनिष्टहरू एकैठाउँमा आउनैपर्छ । उहाँ (ओली, प्रचण्ड र माधव) हरूले अब संकूचित मन गरेर हुँदै हुँदैन । हामी लोकतान्त्रिक शक्ति भन्छौं हामी २०६२/६३ मा कांग्रेस र कम्युनिष्ट मिलेको होइन गणतन्त्र ल्याउनका लागि । बलिदान पनि भएको हो । निरंकुश राजतन्त्र अन्त्य गर्न पनि कांग्रेस कम्युनिष्ट मिलेकै हो ।

गृहमन्त्रालयको विषयमा गठबन्धनभित्र छलफल भइरहेको छ । छलफल भएर नै सकारात्मक निष्कर्षमा पुग्नुपर्छ । मलाई नै चाहिने, मेरै पार्टी चाहिने भन्दापनि संस्कारयुक्त राजनीति गर्नुपर्छ । अहिले नआउनुपर्ने विषय र विवाद हो ।

यत्रो राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनका लागि चाहिँ सबै दलहरू मिल्न सक्ने । तर, अहिले गणतन्त्र नेपाल, समृद्ध नेपाल बनाउका लागि जिम्मेवार दलहरुले महसुस नगर्ने ? त्यसैले कम्युनिष्टमात्रै होइन कांग्रेस पनि मिलेर अघि बढ्नेगरी अघि बढ्नुपर्छ । यसले गर्दा देश र जनताले दुःख पाएका छन् ।

अझै पनि सधैँ खाली सत्ताको खेलमा लाग्ने ? भागबण्डाको कुरा मात्रै गर्ने ? हामीले देशलाई कहाँ पुर्‍याउन खोजेको हो । त्यसैले सबै दलका नेताहरू गम्भीर भएर लाग्नुपर्छ ।

– तपाईं सबै मिल्नुपर्छ भन्नुहुन्छ तर तपाईँ आफ्नै पार्टी पनि सत्ता गठबन्धनको खेलमा भागबण्डाबाट त माथि उठ्न सकेको छैन ?

यही त दुर्भाग्य भयो । मैले बारम्बार भन्ने गरेको छु । सबै भागबन्डामात्रै भइरह्यो । पहिला देश बनाउन लाग्नुपर्‍यो नि । गणतन्त्र नेपालमा गइसकेपछि समृद्ध नेपाल हो भन्ने कुरा मनन गर्नु पर्दैन । अहिले सबै साझा धारणा बनाएर देश निर्माणमा लाग्नुपर्ने बेलामा अझै भागबन्डामा रम्नु हुँदैनथ्यो ।

सबैलाई पदमात्रै चाहिने, स्वार्थमात्रै घुसाउने, जहिले पनि एकअर्कामा हानाथाप र गालीगलौज मात्रै गर्ने यो गलत राजनीति सोच हो । अब सबै दलको नेतृत्वले यस्तो सोच त्याग्नुपर्छ ।

– तर, पार्टी नेतृत्वको बोली र व्यवहारमा फरक देखियो नि ?

अब पनि नेतृत्व नसच्चिने भए जनताले क्षमा दिँदैनन् । त्यसैले अहिले समाज रुपमान्तरण गर्ने कार्यभार अनुसार लाग्नुपर्छ । अहिले पनि नगरे सामाजिक र आर्थिक रुपमान्तरणका कहिले लाग्ने ? राजनीतिक व्यवस्था आयो तर, यो बलियो बन्न सकेको छैन । त्यसैले पदमात्रै ओगटेर केही हुँदैन । सबै राजनीतिक दल र नेतृत्व गम्भीर हुनुपर्छ ।

– तपाईंले यस्तो भन्दै गर्दा सत्तागठबन्धनमा अहिले गृहमन्त्रालयमा हानाथाप चलिरहेको छ ?

गृहमन्त्रालयको विषयमा गठबन्धनभित्र छलफल भइरहेको छ । छलफल भएर नै सकारात्मक निष्कर्षमा पुग्नुपर्छ । मलाई नै चाहिने, मेरै पार्टी चाहिने भन्दापनि संस्कारयुक्त राजनीति गर्नुपर्छ । अहिले नआउनुपर्ने विषय र विवाद हो ।

तर, अलिकति कमिकमजोरी रविको पनि रह्यो । नआउनु समस्या आइसकेपछि सबै बसेर छलफल गरेर ठोस तर सकारात्मक निष्कर्षमा पुग्नुपर्छ ।


प्रतिक्रिया

One thought on “‘एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु सामान्य होइन, राष्ट्रपतिमा हाम्रो उम्मेदवार सबैले स्वीकार्नुपर्छ’

  1. तपाईकै विचारमा चलेको भए त पार्टी उहिल्यै सकिन्थ्यो नेताज्यू । ओलिको हिसावले हिँडदा यो अवस्थामा पार्टी छ र त एमालेको नेता भन्दै अन्तर्वार्ता दिन पाईरहनुभएको छ । एमाले देशमा केही गर्न खोज्छ, काँग्रेस, माओवादी जस्तो बस्ने , लुटने, खाने गर्दैन । केही गर्न खोज्दा देशी विदेशी घेराबन्दी शुरूभैहाल्छ ।अरूलाई किन हुँदैन भन्दा उनीहरूलाई केही गर्नु छैन, अरूको गोटी बन्न तयार हुन्छन् । त्यसैले नेतृत्वले यसो गरेन, उसो गर्यो भन्न त सजिलो छ । केही भूमिका ननिभाउने, खालि गनगन गर्ने, हल्का पार्टी नेतृत्वको विरोध गरेर विपक्षीको जाती हुन खोज्ने तपाईको जस्तो विचारमा लागेमा त एमाले सकिन्छ । त्यसैले बकबक गर्न छोडनुहोस म्याडम ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर