सुर्खेतमा भालुको पित्तसहित एकजना पक्राउ

२०७९ माघ १७ गते १७:१९

सुर्खेत । सुर्खेतमा भालुको पित्तसहित एकजना पक्राउ परेका छन् । वीरेन्द्रनगरमा मंगलबार कस्तुरीको पित्त भन्दै बिक्री गरिरहेको अवस्थामा जुम्लाको तिला गाउँपालिका ५ का २६ वर्षीया मान बहादुर शाहीलाई प्रकाउ गरेको हो ।
उनले एकलालको एकसयका दरले बिक्री गरिरहेको अवस्थामा सादा पोसाखमा रहेको प्रहरीको टोलीले मंगलगढी चोकबाट उनलाई जानालाई पत्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले बताए ।
प्रहरीले उनको साथबाट ४४.८९ मिलीग्राम भालुको पित्त साथै यसको नपतौल गर्ने तराजु र नगद बरामद गरेको छ । प्रहरीका अनुसार थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर