राष्ट्रपतिबारे माओवादीको लाइन- एमालेसहितको राष्ट्रिय सहमति – Nepal Press

राष्ट्रपतिबारे माओवादीको लाइन- एमालेसहितको राष्ट्रिय सहमति

प्रवक्ता महरा भन्छन्- गठबन्धनमा कुनै समस्या आउँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा आफूहरूले एमालेसहितको राष्ट्रिय सहमतिको पक्षमा भएको दोहोर्‍याएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले एमालेसहितको राष्ट्रिय सहमति भनेकाले गठबन्धनमा कुनै समस्या नआउने जिकिर गरे ।

पुस १० को सहमतिअनुसार एमालेलाई राष्ट्रपति नदिने भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘को हुन्छ भन्ने बाँकी छ । २५ गते आउन अझै एक महिना बाँकी छ । को हुन्छ भन्ने अहिल्यै भन्न सकिँदैन ।’

उनले सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा जारी राख्ने बताए । सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमतिको कुरा अगाडि ल्याएपछि एमाले शशंकित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर