रविको फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने – Nepal Press

रविको फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म निर्णय नगर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उनले भने, ‘अदालतबाट पूर्णपाठ आउन बाँकी छ । त्यसको फैसला नआएसम्म निर्णय हुँदैन । अहिले प्रधानमन्त्रीजी आफैंले राख्नुभएको छ । कसलाई बनाउने भन्ने त्यहीबेला थाहा हुन्छ ।’

रास्वपाले गृहमन्त्रालय आफ्नै भागमा हुनुपर्ने माग राख्दै आएको छ । तर, प्रचण्ड यो मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा छन् ।

 


प्रतिक्रिया

One thought on “रविको फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने

  1. नागरिकता मुद्धा पश्चात रबि र रा.स्वा.पा. गृहमा आँखा लगाउनु सत्तालिप्सा, Conflict of interest हो भने अझै पासपोर्ट, अध्यागमन,स्ट्रिङ्ग अपरेशन ठगी, बहु विवाह जस्ता मुद्धा अदालतमा बिचराधिन छ no more home minister for play boy

Leave a Reply to Binod dai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर