सिंहदरबार गेटमा भ्रष्टाचारविरोधी नारा लगाउने एक युवक पक्राउ – Nepal Press

सिंहदरबार गेटमा भ्रष्टाचारविरोधी नारा लगाउने एक युवक पक्राउ

काठमाडौं । सिंहदरबार गेटमा भ्रष्टाचारविरोधी नारा लगाउन पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटामा वायर हाउस निर्माणको एक आयोजनामा भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गर्न सिंहदरबार पुगेका धनकुटाका लाक्पा तामाङ दक्षिण गेटबाट पक्राउ परेका हुन् ।

३ करोडको आयोजनामा टहरोजस्तो मात्र संरचना बनाएर स्थानीय तह र केही सीमित व्यक्तिको मिलेमतोमा भ्रष्टाचार गरेकोले आफूहरूले यसअघि नै अख्तियार र राप्रपा अध्यक्ष एवं ऊर्जामन्त्री राजेन्द्र लिङदेनसमक्ष फयल बुझाएको तामाङका साथी तेजराज भुजेलले नेपाल प्रेसलाई बताए ।

आज सांसद ज्ञानेन्द्र शाहीसँग समय मागेकोमा भेट नदिएपछि आवेगमा आएर लाक्पाले गेटमै फायल च्यातेर नाराबाजी गरेको उनको भनाई छ ।

प्रहरीले निषेधित क्षेत्रमा अमर्यादित गतिविधि गरेको आरोपमा लाक्पालाई पक्राउ गरिएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर