नियमावली समितिमा सोविताको प्रस्ताव: संसद बैठकमा राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाऔं – Nepal Press

नियमावली समितिमा सोविताको प्रस्ताव: संसद बैठकमा राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाऔं

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा संसद वैठकअघि राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाउन प्रस्ताव गरिएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद सोविता गौतमले सो प्रस्ताव गरेकी हुन् ।

हरेक दिन संसद बैठक सुरू हुनुअघि राष्ट्रिय धुन बजाउने र सबै सांसदहरू उठने हालको नियमावलीमा छ । त्यसलाई संसोधन गर्दै गौतमले राष्ट्रिय गान नै बजाउनु उपयुक्त हुने बताएकी हुन् ।

कतिपय सांसदहरूलाई देशको राष्ट्रिय गान पनि कण्ठ नभएकोले यो व्यवस्था प्रभावकारी हुनसक्ने उनको तर्क थियो । साथै उनले राष्ट्रिय गान बजाउँदा सांसदहरूमा राष्ट्रियताको भाव थप मजबुत हुने पनि बताइन् ।

सोविताको प्रस्तावलाई केही सांसदले समर्थन गरे भने केहीले यो आवश्यक नरहेको बताए । आज बस्ने बैठकमा थप छलफल हुनेछ ।नियमावली मस्यौदा समितिमा २१ सदस्य छन्।

कानूनकी जानकार सोविताले रास्वपाबाट सोविताले प्रतिनिधित्व गरेकी हुन् । ज्येष्ठ सदस्य चित्रबहादुर केसीको सभापतित्वमा समिति बैठक बस्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर