अष्ट्रेलियाबाट नेपाली नर्स अस्मिता पाण्डे भन्छिन्- मलाई साथीहरूले नै षड्यन्त्र गरे, अभियोग प्रहरीले फिर्ता लिइसकेको छ (भिडिओ) – Nepal Press

अष्ट्रेलियाबाट नेपाली नर्स अस्मिता पाण्डे भन्छिन्- मलाई साथीहरूले नै षड्यन्त्र गरे, अभियोग प्रहरीले फिर्ता लिइसकेको छ (भिडिओ)

काठमाडौं । अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिता पाण्डेले प्रहरीले पक्राउ नगरेको भन्दै आफूमाथि सहपाठीहरूले नै षड्यन्त्र गरेको बताएकी छन् ।

एक नर्सिङ होममा कार्यरत उनी बिरामीलाई थप्पड हानेको आरोपमा पक्राउ परेको भनेर त्यहाँको सञ्चारमाध्यम नाइन एन न्यूजले जनाएको थियो ।

पाण्डेले एक भिडिओमार्फत सोमबार अदालतमा सुनुवाइको क्रममा आफूमाथिको मुख्य आरोप फिर्ता लिइसकेको बताएकी छन् ।

‘केही समयअघि सँगै काम गर्ने तीनजना अन्य देशका स्टाफले नियोजित रूपमा षड्यन्त्र गरेर आरोप लगाएका हुन् । हिजो ३० जनवरीमा अदालतमा सुनुवाइको क्रममा आफूलाई लगाएको मुख्य आरोप प्रहरीले फिर्ता लिइसकेको छ । अन्य आरोपको सुनुवाइ २ महिनापछि हुँदैछ ‘, अस्मिताले नेपाल प्रेसलाई पठाएको भिडिओमा भनेकी छन् ।

उनले आफू पक्राउ नपरेको भन्दै वकिलसहित अदालत गएको बताएकी छन् ।

‘हिजो कोर्ट घरैबाट गएको हो । र कोर्टको हियरिङ सकिएपछि सीधै घर फर्किएकी हुँ । नाइन न्यूज सिड्नीको एकपक्षीय समाचारमा आधारित भएर गलत समाचार सम्प्रेषण नगरिदिन हुन सम्पूर्ण नेपाली मिडियाहरूलाई अनुरोध गर्न चाहन्छु ‘, उनले आग्रह गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर