सुनको मुल्य ५ सय रूपैयाँले घट्यो

२०७९ माघ १७ गते ११:२२

काठमाडौ । मंगलबार सुनको मुल्य प्रतितोला ५ सय रूपैयाँले घटेको छ ।
आज सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँ कायम रहेको छ । तेजावी सुनको मुल्य भने १ लाख ५ हजार ३ सय रूपैयाँमा झरेको छ ।
त्यसैगरी आज चादिँको मुल्य प्रतितोला १ हजार ३ सय ६५ रूपैयाँमा स्थिर रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर