पुष्प र वर्षा अभिनित ‘मनसँग मन’को ट्रेलर सार्वजनिक – Nepal Press

पुष्प र वर्षा अभिनित ‘मनसँग मन’को ट्रेलर सार्वजनिक

काठमाडौं । पुष्प खड्का, वर्षा सिवाकोटी र बुद्धि तामाङ अभिनित सिनेमा ‘मनसँग मन’को ट्रेलर रिलिज गरिएको छ ।

प्रेमकथामा बनेको सिनेमा माघ २७ गतेदेखि अलनेपाल प्रदर्शनमा आउँदैछ । ट्रेलरमा पुष्प र वर्षाको प्रेम, रोमान्स र विछोड देखाइएको छ । शक्तिको अगाडि प्रेमले हार्नुपर्ने दृश्य ट्रेलरमा समेटिएका छन् ।

ट्रेलरको अन्त्यमा देखाइएको बुद्धि र वर्षाको विवाहले कथामा सस्पेन्स छोडेको छ ।

कैलाश राईले निर्देशन गरेको सिनेमामा महेन्द्र बागदास, चाद्नी प्रधान, शान्ते दालगायतको पनि अभिनय हेर्न पाइन्छ ।

सिनेमामा पल शाह र पूजा शर्माले अतिथि भूमिका निर्वाह गरेका छन् । उनीहरुको झलक ट्रेलरमा पनि देख्न पाइन्छ ।

निर्देशक राईकै लेखन रहेको सिनेमामा अर्जुन पोखरेल र आगोम गुरुङ तथा दीपक शर्माको संगीत रहेको छ । सन्तोष खवासको द्वन्द्व, कमल राईको कोरियोग्राफी, सौरभ लामाको छायांकन रहेको सिनेमा अर्जुन जिसीको सम्पादन रहेको छ ।

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको सिनेमा अरुण तामाङले निर्माण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *