प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ती भएको स्वीकार्दै चन्द्र भण्डारीले भने- यो गठबन्धन धेरै टिक्दैन (भिडिओ) – Nepal Press

प्रचण्डलाई प्रधानमन्त्री नदिनु गल्ती भएको स्वीकार्दै चन्द्र भण्डारीले भने- यो गठबन्धन धेरै टिक्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले माओवादीसँगको गठबन्धनमा निर्वाचनमा जाँदा जनतासँग गरेको वाचा पूरा गर्न कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको स्वीकार गरे ।

उनले भने, ‘अहिलेको सरकार खिचडी सरकार हो । त्यसैले यो सत्ता गठबन्धन पनि धेरै समय टिक्दैन । प्रचण्ड जता पनि टर्न लिन सक्ने नेता हो ।’

उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानु नै गल्ती भएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर