तीन महिनाभित्र लेखापरीक्षण गराउन बीमा संस्थान र कम्पनीलाई अर्थको निर्देशन – Nepal Press

तीन महिनाभित्र लेखापरीक्षण गराउन बीमा संस्थान र कम्पनीलाई अर्थको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।

मन्त्रालयमा आज संस्थान र कम्पनीका प्रतिनिधिलाई बोलाएर २०८० साल वैशाख १६ सम्म लेखापरीक्षण सम्पन्न गर्न अर्थले निर्देशन दिएको हो ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ देखि लेखापरीक्षण गरेका छैनन् । लेखापरीक्षण नभएसम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेल, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराललगायतको उपस्थित थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *