पाकिस्तानको मस्जिदमा बम विस्फोट हुदाँ २८ जनाको मृत्‍यु – Nepal Press

पाकिस्तानको मस्जिदमा बम विस्फोट हुदाँ २८ जनाको मृत्‍यु

काठमाडौं । पाकिस्तानको पेशावर शहरमा अवस्थित एक मस्जिदमा बम विस्फोट हुँदा २८ जनाको मृत्‍यु भएको छ भने १५० जना भन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीका अनुसार मस्जिदमा खाचाखच मानिसहरु भएको बेला उक्त बिस्फोट भएको हो । बिस्फोटनबाट मस्जिदको एक भाग पूर्णरुपमा भात्किएको छ ।

रिपोर्टका अनुसार घाइतेहरुलाई नजिक अस्पातलमा उपचारको लागि पुराइएको छ भने हाल उद्दार कार्य पनि जारी रहेको छ । हालसम्म बिस्फोटको कारण भने सार्वजनिक भइसकेको छैन ।

अफगानिस्तानसँगको सीमानानजिक रहेको उत्तर–पश्चिमी सहरमा दिउँसो प्रार्थनाको क्रममा विस्फोट भएको हो। बिस्फोटनपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको कडा निन्दा गर्दै आतंकवादको खतरा विरुद्ध सम्पुर्ण राष्ट्र एकजुट हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर