कान्तिपुर टिभी छोडेर हिमालयमा छिरे सुरज सिंह ठकुरी, रोडिजको होस्ट गर्ने – Nepal Press

कान्तिपुर टिभी छोडेर हिमालयमा छिरे सुरज सिंह ठकुरी, रोडिजको होस्ट गर्ने

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी कान्तिपुर टेलिभिजन छोडेर हिमालय टेलिभिजनमा प्रवेश गरेका छन् । उनी २० वर्षदेखि कान्तिपुर टिभीमा आवद्ध थिए ।

ठकुरीले दुई महिनाअगाडि कान्तिपुर टिभी छोडेका हुन् । हिमालय टेलिभजनबाट आउँदो वैशाखदेखि प्रशारण हुने हिमालय रोडिजको नयाँ सिजनमा उनी होस्टका रुपमा देखिने छन् । आजैबाट उक्त शोको डिजिटल अडिसन खुला गरिएको छ ।

हिमालय टिभीले हिमालय रोडिजबाहेक थप ३ वटा कार्यक्रमको जिम्मेवारी सुरजलाई दिन लागेको बुझिएको छ । अहिले र्याडिसन होटलमा रोडिजको आगामी सिजनबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ । यस कार्यक्रमको निर्देशन सिमोस सुनुवारले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *