गृहमन्त्रीबारे कृष्णबहादुर महरा भन्छन्- सरकारको कुरा प्रधानमन्त्रीले गर्नुहुन्छ (भिडिओ) – Nepal Press

गृहमन्त्रीबारे कृष्णबहादुर महरा भन्छन्- सरकारको कुरा प्रधानमन्त्रीले गर्नुहुन्छ (भिडिओ)

माओवादीमा पुगेन अझै होमवर्क, स्थायी कमिटी बुधबार बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।

पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘आज पदाधिकारी बैठक बस्ने र महासचिवको नेतृत्वमा जिम्मा पाएको होमवर्क टीमको कुरालाई टुंगो लगाएर भोलि स्थायी कमिटीको बैठक बस्ने कुरा भएको थियो । छलफल भए पनि होमवर्क अझै टुंगिएन । त्यसैले आज र भोलि होमवर्क गरेर पर्सि स्थायी कमिटीको बैठक बस्छ ।’

आजको बैठक संगठनको विषयमा केन्द्रित रहेको उनको भनाइ छ ।

गृहमन्त्रीको कुरा सरकारको भएकाले प्रधानमन्त्रीले नै गर्ने उनले बताए । प्रवक्ता महराले स्थायी कमिटीको बैठकमा गृहमन्त्रीको बारेमा छलफल हुने सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर