धनुषामा थुनुवाद्वारा हिरासत कक्ष ब्रेक- प्रदेश र जिल्लाका छुट्टाछुट्टै छानबिन समिति


काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोरेर ६ जना थुनुवा भागेको घटनामा जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरीले वेग्लावेग्लै छानबिन समिति गठन गरेको छ ।
मधेस प्रदेश प्रहरीले एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले डीएसपी प्रदीपकुमार क्षेत्रीको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।
आइतबार राति खाना खाएर सुतेका ६ जना थुनुवा हिरासत कक्षको पर्खालमा दुलो बनाएर भागेका थिए । फरारहरु पक्राउ परेका छैनन् ।
प्रारम्भिक छानबिनमा कमिकमजोरी देखिएका प्रहरीलाई तत्कालै निलम्बन गर्ने जिल्ला प्रहरी र मधेस प्रदेश प्रहरीको तयारी छ । प्रदेश प्रहरी प्रमुख डीआईजी बसन्त कुँवरले तत्कालै निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाइने बताए ।