बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी – Nepal Press

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी

काठमाडौं । सरकारले आफुहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र वित्तिय संस्थाहरुले आतंकविरुद्ध व्यवसायीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, ब्याजदर घटाउ, गरी खान देउ, उद्योग ब्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, बैंकिङ आतंक बन्द गर, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 त्यस्तै उनीहरुले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुने तर आफुहरु भने सधै घाटामा गएको गुनासो उनीहरुले गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर