सनराइज बैंकको तीन शाखारहित बैंकिङ्ग सेवा थप – Nepal Press

सनराइज बैंकको तीन शाखारहित बैंकिङ्ग सेवा थप

काठमाडौं । सनराइज बैंक लिमिटेडले ३ शाखारहित बैंकिङ्ग सेवा थप गरेको छ ।

बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका ३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका ६, गुलरा र कावासोती नगरपालिका १, हिमाल चोक, नवलपरासी मा शाखारहित बैंकिङ्ग सेवा थप गरेको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सकिने बैंकले जनाएको छ ।

बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर