अस्थिरता सिर्जना गर्न कांग्रेसले चलखेल शुरु गर्‍याे: महासचिव पोखरेल – Nepal Press

अस्थिरता सिर्जना गर्न कांग्रेसले चलखेल शुरु गर्‍याे: महासचिव पोखरेल

विराटनगर । एमाले महासचिव शंकर पोख्रेलले नेपाली कांग्रेसले अस्थिरता सिर्जना गर्न चलखेल गरिरहेको बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले कांग्रेस सत्ता भन्दा बाहिर रहेको अवस्थामा अस्थिरता सिर्जना गर्न लागिरहेको आरोप लगाएका हुन् ।

उनले यस्तो चलखेलको कुनै अर्थ नरहेको बताए । उनले बाहिर भनिएजस्तो प्रधानमन्त्रीको कुनै नकारात्मक भूमिका नभएको  दाबी गरे ।
महासचिव  पाेखरेलले नेपाली कांग्रेसलाई सत्तामा आएर कुरा गर्न आग्रह गरे । उनले भने ‘प्रतिपक्ष हुन पाँउ भनेर निवेदन दिने अनि सत्ताको अंश खोज्ने यो कुरा उचित होइन ।’

महासचिव पोखरेलले राष्ट्रपतिमा सत्ता पक्षको उम्मेदवारी हुने बताए। उनले प्रतिपक्षले राष्ट्रपतिमा उम्मेदवारी नदिइकन सहयोग गर्छ भन्ने विश्वास रहेको बताए । उनले भने,‘सत्ता पक्षको उमेद्वार राष्ट्रपति बन्ने छ यो बिषयमा विवाद र बहस छैन । प्रतिपक्षले राज्यका प्रमुख अङ्गहरुको नेतृत्व गर्न न मिल्दैन । राज्यका प्रमुख पद भनेका राज्यको नेतृत्व गर्ने पक्षका पदहरु भन्ने कुरा बुझ्नुपर्छ ।’

महासचिव पोखरेलले राष्ट्रपतिले कार्यकारी सरकारलाई समन्वय र सहकार्य गर्ने भएकाले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिएको बताए । उनले राष्ट्रिय सहमति भनेको प्रतिपक्षलाई राष्ट्रपति पद दिनु भनेको नभएको बताए । सत्ता पक्षका लागि आवश्यक पदहरुका लागि आवश्यक पदहरुमा सवैको सहमति खोज्न खोजिएको उनको तर्क छ । ‘नेपाली कांग्रेस दिशाहिन अवस्थामा छ’,उनले भने,‘उ न सत्तपक्षमा छ न विपक्षमा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर