माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा – Nepal Press

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।

बैठकमा सहभागी हुन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका छन्।

गत बिहीबार र शुक्रवार दुई दिन बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालय लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको छ।

पुस १० गतेको सहमति अनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ। त्यो निर्णयले एमाले चिढिएको छ।

भने, रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय आफैँले राख्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन्। तर, एमाले अध्यक्ष ओलीले लामिछानेलाई नै गृहमा फर्काउनुपर्ने पक्षमा उभिएका छन्। आज बोलाइएको स्थायी कमिटी बैठकलाई स्थगित गरेर पदाधिकारी बैठक बसेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर