प्रधानमन्त्री प्रचण्ड लैनचौरमा, सहिद स्मारक पुगेर पुष्पगुच्छा अर्पण (तस्बिरहरू)


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदहरुको सम्मानमा लैनचाैरस्थित सहिद स्मारक पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् ।
सहिद दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्ड सहिद स्मारक पुगेका हन् । स्मारकमा पुष्पगुच्छाका साथै उनले सम्मान समेत अर्पण गरेका छन् ।
दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।
सहिद स्मारकमा श्रद्धाञ्जलीसभामा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सम्मान व्यक्त गर्न पुगेका थिए ।
विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ ।