धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार – Nepal Press

धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् ।

आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको जानकारी दिए ।

उनका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका छन् ।

फरार अभियुक्तहरूको खोजी भइरहेको र उनीहरू कसरी फरार हुन सफल भएको विषयमा पनि थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *