बार्दलीबाट रवि लामिछानेले मिडियालाई भने- आफूलाई काम लाग्ने हेडलाइन हाल्नुस् है – Nepal Press

बार्दलीबाट रवि लामिछानेले मिडियालाई भने- आफूलाई काम लाग्ने हेडलाइन हाल्नुस् है

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज साँझ पार्टीको केन्द्रीय समिति बैठकपछि पार्टी कार्यालयको बार्दलीमा झुल्किए । तल पत्रकारहरु पर्खिरहेका थिए ।

माथिबाट लामिछानेले पत्रकारहरुलाई अभिवादन गरे । पत्रकारहरुले क्यामरा तेर्स्याउँदै आग्रह गरे, ‘केही बोलिदनुपर्‍यो ।’ तर, रविले आफूसँग बोल्ने कुरा केही नभएको बताए ।

‘हामी आफ्नै ढंगले अगाडि बढिहाल्छौं । मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने चिजहरु छन्’, उनले भने ।

पार्टी कसरी अगाडि बढ्छ भन्ने पत्रकारहरुको प्रश्नमा रविले सटिक जवाफ दिए, ‘त्यो पार्टीमै छलफल हुन्छ ।’

त्यसपछि उनले पत्रकारहरुलाई आग्रह गरे, ‘आफूलाई जे चित्त बुझ्छ, त्यही हेडलाइन हाल्नुस् है । आफूलाई काम लाग्ने हेडलाइन हाल्नुस् है । मलाई काम लाग्ने हाल्नुपर्दैन ।’

नेपालको मूलधारे मिडिया सुरुवातदेखि रवि लामिछानेप्रति आलोचक रहँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर