माइतीघरमा बालेनविरुद्ध प्रदर्शन, सुमन सायमी पनि सडकमा (तस्बिरहरू) – Nepal Press

माइतीघरमा बालेनविरुद्ध प्रदर्शन, सुमन सायमी पनि सडकमा (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध आज माइतीघरमा प्रदर्शन भएको छ । काठमाडौंबासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरूले विरोध गरेका छन् ।

डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठीबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंबासीले विरोध जनाएका हुन् ।

विरोधसभालाई सम्बोधन गर्दै उपत्यका सम्पदा संरक्षण अभियन्ता सुमन सायमीले जनताको मतबाट जितेर जनताको भावना नबुझ्ने मान्छे मेयरको लायक नभएको भन्दै बालेन साहको आलोचना गरेका छन् । महानगरले जनताको निजी सम्पत्ति गैरकानूनी ढंगले लुटिरहेको उनको टिप्पणी थियो ।

गत वैशाखको चुनावमा मेयरमा लडेका सायमी बालेनको विजयोत्समा सँगै हिँडेका थिए ।


प्रतिक्रिया

One thought on “माइतीघरमा बालेनविरुद्ध प्रदर्शन, सुमन सायमी पनि सडकमा (तस्बिरहरू)

  1. सार्वजािक जग्गा हडप्नेको नाईकेलाई बहिष्कार गरौं ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर