नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त – Nepal Press

नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त

काठमाडौं । अनन्त राज थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

आइतबार अखिल नेपाल फुटबल संघ(एन्फा) ले थापालाई नेपालले आगामी फेब्रुअरी १३ देखि २५ सम्ममा भारतसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

थापा घरेलु फुटबलमा नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हाल्ने गरेका छन् । भारतसँगको मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षकमा गंगा गुरूङ,गोलकिपिङ प्रशिक्षकमा शुरज कुमार लामा नियुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *