स्ववियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने सम्झौता लागू गर्न समाजवादी विद्यार्थी युनियनको ध्यानाकर्षण पत्र – Nepal Press

स्ववियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने सम्झौता लागू गर्न समाजवादी विद्यार्थी युनियनको ध्यानाकर्षण पत्र

काठमाडौं । जनता समाजदवादी निकट सिमाजवादी विद्यार्थी युनियनले आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा लागूगर्ने सम्झौता लागु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र बुझाएको छ ।

युनियनले विगतमा विद्यार्थी संगठनहरुसँग भएको सम्झौता लागू गर्नुपर्ने भन्दै शनिबार ध्यानाकर्षण पत्र बुझाएको हो । त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहालले यस बिषयमा आफु सकारात्मक रहेको भन्दै उपकुलपतिसँग चाडै छलफल गर्ने र निकास दिने बताए ।

करिब एकदशक अघि नेपाल विद्यार्थीसंग ,अनेरास्ववियु,अखिल क्रान्तिकारी,समाजबादी बिद्यार्थी युनियन लगायत विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वबिध्यालय बीच सम्झौतामा अर्को पटक हुने स्ववियु निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मार्फत गर्ने उल्लेख छ ।

मिनी संसद् निर्वाचनको रुपमा चिनिने स्ववियु निर्वाचन त्रिविले आगामी चैत्र ५ गते मिति समेत तोकिसकेको छ । देशको संसदीय निर्वाचन नै समानुपातिक समाबेशी निर्वाचन प्रणाली अपनाई सकेको अवस्थामा यस भन्दा पछि हटेर गरिने निर्वाचन कुनै हालतमा मान्य नहुने र जसको लागि जस्तोसुकै संघर्ष गर्ने केन्द्रीय सचिव शेरिहाङ लिङदेनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर